३१ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेर दु:ख पाएका छ नेपालीको उद्दार भएको छ ।
उद्दार हुनेमा रौतहटका निल बहादुर राई, पाँचथरका बुद्धवीर तामाङ, यमबहादुर वली, ओखलढुङ्गाका अनुप दाहाल, भक्तपुरका विनोद तामाङ र दोलखाका नरसङ तामाङ छन् ।
उनीहरू गत वर्ष असारमा मलेशिया स्थित हाइटमार्क कम्पनीमा क्लिनरको काममा गएका थिए ।
तर, अन्य कम्पनीमा काम लगाई दु:ख पाएको उनीहरू अध्यागमन कार्यालयबाट समेत पक्राउ परी करीब १ महिनादेखि थुनामा परे ।
नेपालीहरू अलपत्र परेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको हटलाईन ११७७ मा गत चैतमा खबर भएको थियो ।
महाशाखाको विशेष पहलमा मलेशिया स्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको उद्दार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4