Comments Add Comment

कपिलवस्तुमा १६ वटा भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

indian-truck
वैशाख ३१, कपिलवस्तु । ओभरलोड ल्याएको भन्दै कपिलवस्तु जिल्ला ट्राफिक प्रहरी कार्यालयले १६ वटा भारतीय नम्बर प्लेटका ट्रकलाई नियन्त्रणमा लिएको छ । व्यवसायीले भने प्रहरीले पुर्वाग्रह राखेर कारवाही गरेको आरोप लगाएका छन् ।

बिहीवार कृष्णनगर भन्सार कार्यालयबाट नेपाल भित्रिएका १६ वटा भारतीय मालबहाक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिमेन्ट उद्योगको म्याटिरियल बोकेको गाडी ओभर लोड भएको भन्दै प्रहरीले जरिवना काटी रोकेर आफ्नो नियन्त्रणमा राखेको हो ।

ट्रकहरु कपिलवस्तुको चन्द्रौटामा रोकिएका छन भने केहि गाडी गोरुसिँगे रोकिएको छ ।  कृष्णनगका व्यापारी अजय गोयलले र ट्राफिक प्रहरीले अनाहकमा दुःख दिएको आरोप लगाए ।

जिल्ला कपिलवस्तु जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख राजकुमार राउतले पटक-पटक ओभरलोड नल्याउन सचेत गराउँदा पनि अटेर भएपछि कारवाही गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले ट्राफिक प्रहरीको कदम जायज भएको बताउँदै उद्योगी २१ टन भन्दा बढी लोड गरेको गाडी चल्न नदिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment