Comments Add Comment

मधेसीपछि थारुमाथि भारतीय नजर

India-Flag१ जेठ, काठमाडौं । मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारुहरुको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र वाहृय प्रयास हुन थालेका छन् ।

वैशाख १४ देखि १६ गतेसम्म चितवनको सौराहामा सम्पन्न अन्तर्राष्ट्रिय थारु सम्मेलनमा नेपालका विभिन्न भागहरुसँगै भारतबाट पनि थारुहरु सहभागी थिए ।

त्यसको दुई सातापछि भारतको उत्तरप्रदेशअन्तर्गत लखिनपुर खिरीमा सहकार्य र समन्वयका साथ रोटीबेटीकाे सम्बन्ध भएका समुदायहरुसँगै अघि बढ्नुपर्ने निर्णय गरिएको त्यहाँ सहभागी स्रोतले बताएको चुडामणि भट्टराईले अन्नपूर्णमा समाचार लेखेका छन् ।

भारत सरकारका प्रतिनिधिहरुसमेत समावेश ती सम्मेलनमा थारुहरु भारतका लागि मधेसीजत्तिकै नजिक भएको स्पष्ट संकेतमात्र दिइएन, आगामी दिनमा सरकारद्वारा दिइने छात्रवृत्तिसँगै विशेष विकास योजना थारुहरुप्रति लक्षित हुने आश्वासन दिइएको छ ।

भारतीय एजेन्सीहरुले मधेस आन्दोलनलाई जस्तै थारु समुदायभित्र घुसी उनीहरुलाइ आन्दोलित गर्ने रणनीतिका रुपमा यसलाई नेपाल सरकारले हेरेको छ ।

केहि समय अघि चितवन सम्मेलनमा भारतका तर्फबाट थारु समुदायको उत्थानका लागि थारु संग्रहालयलाई ५ करोड रुपैयाँ छात्रवृत्तिलगायत सहायता दिने घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment