Comments Add Comment

अन्नपूर्ण क्षेत्रमा अलपत्र सबैको उद्धार, गम्भिर रहेकालाई काठमाडौं ल्याईंदै

Everest-basecamp
१ जेठ काठमाडौं । अन्नपूर्ण पदयात्राका क्रममा सरिबुङ क्षेत्रमा अलपत्र परेका सबैको झण्डै १५ घण्टापछि उद्धार भएको छ । सिमि्रक एयरको हेलिकप्टोरको १२ औं पटकको प्रयासपछि सबैको उद्धार भएको हो ।

उद्धार गरिएका दुई विदेशी सहित १८ जना पर्यटकलाई हिले फु गाउँमा ल्याएर राखिएएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का उद्धार संयोजक देवी पाण्डेले जानकारी दिए ।

हेलिकप्टोर ल्याण्ड नगरेपछि उनीहरुलाई डोरीका सहायताले हुकिङ गरेर उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये स्वास्थ्य अवस्था हेरेर गम्भिरलाई ततकाल काठमाडौं ल्याइने पाण्डले बताए ।

ठूलो हावाहरुरीसँगै वर्ष हुँदा बन्दोबस्तीका सबै सामग्री उडाएपछि उनीहरु हिजोदेखि नै त्यस क्षेत्रमा अलपत्र परेका थिए ।

मौसममा आएको सुधारसँगै विहान २० मध्ये  १० जनाको उद्धार गरिएको थियो । पाण्डेका अनुसार  सरिबुङ बेसक्याम्पमा हेलिकप्टर अवतरण गरेर उनीहरुको उद्धार गरिएको हो ।

दुई जर्मन पर्यटक सहित १८ जनाको टोली मुस्ताङबाट सारिबुङ साउथ ५०९२ मिटरमा पुगेपछि हावाहुरी लागेसागै फसेका थिए । हावाहुरीसहित आएको हिमपातका कारण सबै सामान हराएको थियो ।

जर्मन पर्यटक ४४ वर्षीय टोविस ग्रोनेन र ४८ वर्षीय गुडरुन इन्ग्रिडका साथमा रहेका नेपाली गाइड, क्लाइम्बिङ शेर्पा, बेसक्याम्प शेर्पा पोर्टरसहितका १८ नेपाली फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment