+
+
Shares

फेवातालमा फसेका ३ जना पर्यटकको सकुशल उद्धार

सोमबार साँझ फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिएपछि तीनजना विदेशी पर्यटकलाई सकुशल उद्धार गरिएको छ।
  • उद्धार टोलीले २ पुरुष र १ महिला गरी तीन इजरायली पर्यटकलाई सुरक्षित निकालेको हो।
  • उद्धार गरिएका पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई कुनै गम्भीर चोट नलागेको सशस्त्र प्रहरीले जनाएको छ।

२९ वैशाख, काठमाडौं। पोखराको फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।

सोमबार साँझ फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ ।

डुंगामा २ जना पुरूष र एकजना महिला गरी ३ जना इजरायली पर्यटक सवार थिए ।

उद्धार गरिएका तीनैजनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?