Comments Add Comment

शंकरलाल केडिया स्मृति कानून सम्मान पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई

shankar-lal-kedia-puraskar
१ जेठ, काठमाण्डौ । २०७२ सालको उत्कृष्ट स्वर्गीय शंकरलाल केडिया स्मृति कानून सम्मान पुरस्कार पूर्व प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ ।

विगत सात बर्षदेखि प्रदान गरिँदै आएको यो कानुन क्षेत्रको प्रतिष्ठित पुरस्कार हो । यसको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ । यसैगरी शंकरलाल केडिया स्मृति उत्कृष्ट कानून पुस्तक पुरस्कारबाट प्रा.डा. युवराज संग्रौलाद्वरा लिखित ‘जरिसडिक्सन, द फिलोसोपी अफ ल’ पुस्तक पुरस्कृत भएको छ । यसको राशी ७५ हजार रुपैयाँको रहेको छ ।

यसैगरी शंकरलाल केडिया स्मृति युवा कानून पुरस्कारबाट अघिवक्ता समीर शर्मालाई पुरस्कृत गरिएको छ । यसको राखी ५१ हजार रुपैयाँ रहेको छ ।

यस्तै कानून पत्रिकामा २०७२ साल भरी प्रकाशित उत्कृष्ट (कानून अंक १०९देखि अंक ११४) सम्मका लेखकहरुका १५ जना लेखकलाई बिभिन्न कानुन पुरस्कारहरु प्रदान गरिएको छ ।

पुरस्कृत ब्यक्तित्वहरुलाई कामु प्रधानन्यायाधीश सुशिला कार्की, शंकरलाल केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, नेपाल सरकारका महान्यायाधीवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष लगायतका ब्यक्तित्वहरुले पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment