+

स्वरेजको हृयाट्रिकमा बार्सिलोना बन्यो ला लिगा च्याम्पियन

२०७३ जेठ  २ गते १०:२५ २०७३ जेठ २ गते १०:२५
स्वरेजको हृयाट्रिकमा बार्सिलोना बन्यो ला लिगा च्याम्पियन

Barcelona

२ जेठ, काठमाडौं । लुइस स्वरेजको हृयाट्रिकको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको लिगको अन्तिम खेलमा ग्रानाडालाई ३-० ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा २४ औं उपाधि जितेको हो ।

बार्सिलोनाले ग्रानाडासँग खेलिरहँदा रियल मड्रिडले डिपोर्टिभोसँग खेलेको थियो । यदि बार्सिलोना बराबरीमा रोकिएको वा पराजित भएको भए र रियलले जित हात पारेको भए उसले उपाधि जित्ने थियो । रियलको अपेक्षा ग्रनाडाले बार्सिलोनालाई हराइदिओस् भन्ने थियो ।

Luis Suarez

तर, लुइस स्वरेज चम्किए । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा अग्रता लियो । ३८ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो ।

खेलको ८६ औं मिनेटमा स्वरेजले हृयाट्रिक पुरा गर्दै बार्सिलोनालाई स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका छन् ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय