Comments Add Comment

किर्ते कागज बनाई एयरपोर्टको जग्गा बिक्री

plotting२ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा किर्ते कागजपत्र  बनजाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँचजना कर्मचारी पक्राउ परेका छन् ।

एयरपोर्टले अधिग्रहरण गरिसकेको जग्गालाई झुक्काएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका तत्कालीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

भक्तपुरको दिव्यश्वरी ८ पेप्सीकोलाको १२ आजा जग्गा भू माफियाको समूहसँग मिलेर भक्तपुर मालपोत कार्यालयका कर्मचारीले बिक्री गरेका थिए ।

जग्गा दलालसहित कर्मचारीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो ।

पक्राउ ष्र्नेमा भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत उपसचिव चन्द्रमणि अर्याल, वैदेशिक रोजगार विभागमा कार्यरत अधिकृत दिलीपकुमार अधिकारी, मालपोत कार्यालय ललितपुरमा कार्यरत हरिनारायण मानन्धर, जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा कार्यारत देवीकुमार पराजुली थिए ।

भूमाफियाको गिरोहसँग मिलेर उनीहरुले सरकारी जग्गा नक्कली कागजपत्रका आधारमा बिक्री गरेको अनुसन्धानमा खुलेको छ । आर्थिक प्रभावमा परेर उनीहरुले सरकारी जग्गा बिक्री गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment