हामीमध्ये सायदै कोहीँ हौँला जो कुनैपनि चिडियाखाना नगएको होस् । चिडियाखानामा वन्यजन्तुहरुलाई राखिएको हुन्छ, एक प्रकारले बन्द पर्खालभित्र र मानिसहरु निश्चित मूल्य तिरेर चिडियाखाना छिरेपछि ती वन्यजन्तुलाई हेर्न पाउँछन् ।
तर चीनमा एउटा यस्तो चिडियाखाना छ, जहाँ जनावरको साटो मानिसहरु पिँजडामा कैद हुन्छन् र उनीहरुलाई खुंखार वन्यजन्तुहरुले घेर्दछन् ।
चीनको चोंगक्विंग सहरमा रहेको लेहे लेडु वाइल्डलाइफ नामको चिडियाखाना यस्तो छ जहाँ वन्यजन्तुहरु खुलमखुल्ला छाडिएका छन् र त्यहाँ जाने दर्शकहरु उल्टै पिँजडायुक्त गाडीमा कैद भएर जानुपर्छ । त्यहाँ पुग्ने दर्शकहरु आफुमाथि झुत्तिने वन्यजन्तुहरु देखेर डराउँदै मज्जा लिन पाउँछन् भने सिकार खान पाइन्छ की भनेर बाघ, सिंह, भालु जस्ता जनावरहरु मान्छे चढेका गाडीहरुमा झुम्मिन्छन् ।
गाडी देखेर वन्यजन्तु नडराउन् भन्नका लागि बाघ, सिंह जस्ता मांशाहारीलाई आकषिर्त गर्न गाडीमा मासुका टुक्रा पनि राखिएको हुन्छ । चिडियाखाना सफारीका क्रममा गाडीको पिञ्जडाबाट जिउका अंग बाहिर ननिकाल्न चिडियाखानाका अधिकारीहरुले दर्शकलाई सूचित गर्ने गरेका छन् । हेरौँ चिडियाखानाका केही दृश्य
प्रतिक्रिया 4