Comments Add Comment

ओपेराले ल्यायो नयाँ फिचर, अब ल्यापटपको ब्याट्री चार्ज ५० प्रतिशत बढी टिक्ने

_power_saving_mode_picturedधेरै ल्यापटप प्रयोगकर्ताको गुनासो हुन्छ की ल्यापटपको ब्याट्री चार्ज छिटै सकिन्छ । अनि ब्याट्रीको चार्ज नरित्तिँदै काम सकिहाल्ने हतारो हुन्छ ।

तर यदि एउटा काइदा अपनाउने हो भने ल्यापटपको ब्याट्रीको खपत ५० प्रतिशतले घटाउन सकिन्छ । वेब सफ्रिंगका बेला तपाइँले प्रयोग गर्ने वेब ब्राउजरको परिवर्तनले तपाइँले आफ्नो ल्यापटपको ब्याट्री ५० प्रतिशत भन्दा बढि बचाउन सक्नुहुन्छ ।

चर्चित वेब ब्राउजर ओपेराका डेभलपरहरुले दाबी गरेका छन् की उनीहरुले ओपेराको यस्तो भर्सन ल्याएका छन् जसले उर्जा बचत गर्दछ ।

ओपेरा ब्राउजरमा पावर सेभर मोड ल्याइएको छ । पावर सेभर मोडको प्रयोगद्धारा ओपेरा मिनी ब्राउजरबाट इन्टरनेट चलाउँदा पहिले भन्दा ४९ प्रतिशत बढि समयसम्म ल्यापटप चलाउन सकिनेछ । त्यस्तै उर्जा खपत कम गर्ने यो मोडको प्रयोगबाट गुगल क्रोम भन्दा ५४ प्रतिशत कम उर्जा खपत हुन्छ ।

हालका लागि यस्तो फिचर ओपेराको डेक्सटप भर्सनमा मात्र उपलब्ध रहेको र मोबाइल भर्सनमा नरहेको बताइएको छ ।

इन्टरनेट ब्राउजरमा ओपेराको हिस्सा निकै कम रहेको छ । क्रोम र इन्टरनेट एक्स्प्लोलरभन्दा यो निकै कम छ र केवल २ प्रतिशत मात्र हिस्सा ओगटेको छ ।

तर नर्वेजियन कम्पनी ओपेरा सफ्टवेयरले ओपेराको पछिल्लो भर्सन ओपेरा ३९ मा ल्यापटप ब्याट्रीको चार्ज कम खपत गर्ने फिचर हालेसँगै यसले लोकप्रियता कमाउने देखिएको छ ।

ल्यापटपको पावर केवल अनप्लग्ड गरेसँगै ओपेरामा यो फिचर एक्टिभेट हुन्छ । जससँगै युआरएल फिल्डमा ब्याट्री आइकन देखा पर्दछ । उक्त आइकनमा क्लिक गरेर प्रयोगकर्ताले पावर सेभिंग मोड एक्टिभेट गर्दछन् ।

त्यस्तै ब्याट्रीको चार्ज कम हुँदै गरेको अवस्थामा पनि ब्राउजरले उक्त तथ्य पत्ता लगाएर यो फिचर एक्टिभेट गर्न सूचित गर्दछ ।

ओपेरमा रहेको यो नयाँ फिचरले एनिमेटेड थिमलाई न्यूनिकरण गरेर तथा कोडलाई सरलीकृत गरी उर्जा बचत गर्दछ । त्यस्तै यसले पृष्ठभूमिमा ट्याबका गतिविधि घटाइदिन्छ र फ्रेम दरलाई कटौती गरेर ३० प्रतिसेकेण्डमा झारिदिन्छ ।

परीक्षणका क्रममा विन्डोज १० को ६४ बिट भर्सनवाला ल्यापटपमा गुगल क्रोम भन्दा ओपेराको नयाँ संस्करणवाला ब्राउजरबाट इन्टरनेट चलाउँदा ल्यापटपको चार्ज ३ घण्टा बढिसम्म टिकेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment