२ जेठ, काठमाडौं । सिंहदरवार घेराउ कार्यक्रममा सहभागी हुन आउन लागेका संघीय गठवन्धनका कार्यकर्ता सवार ३१ वटा गाडीलाई प्रहरीले काठमाडौं भित्रिन रोकेको छ ।
थानकोटमा १८ वटा र धादिङको नैबिसेमा १३ वटा बसलाई प्रहरीले रोकेको गठवन्धनले जनाएको छ ।
सिंहदरबार वरपर पुग्न नदिन पनि प्रहरीले राजधानीका विभिन्न स्थानमा समेत आफ्ना नेता-कार्यकर्ताहरुलाई अवरोध सिर्जना गरेको संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।
तिनकुनेस्थित फोरम नेपालको कार्यालय अगाडिबाट गठवन्धनका झण्डा र ब्यानर प्रहरीले नियन्त्रणमा लिएको थियो । लठ्ठी निकालेर प्रहरी ति झण्डा र ब्यानर फिर्ता गरिदिएको थियो ।
आन्दोलनकारीले आइतबार बिहानैदेखि सिंहदरबार घेराउ गरेका छन् । घेराउका कारण काठमाडौं उपत्यकाको यातायात व्यवस्था प्रभावित भएको छ ।
यी समाचार पनि पढ्नुस्
तस्वीर र भिडियोमा हेर्नुस्, सिंहदरबार घेराउका दृश्य
प्रतिक्रिया 4