Comments Add Comment

नयाँ स्मार्टफोन किन्नुभयो ? यी ५ काम सुरुमै गरिहाल्नुस्

mobile5

आफुलाई मन परेको वा आवश्यकता परेकेा स्मार्टफोन किन्ने बित्तिकै चलाउन हतार कसलाई नहोला र ? तर नहतारिनुस् । तपाइँले आफ्नो स्मार्टफोनलाई टिकाउ, सुरक्षित तथा सुन्दर बनाउनका लागि केही उपाय अपनाइहाल्नुपर्छ । फोन खरीद गरिसकेपछि गर्नुपर्ने ५ काम यी हुन्ः

डिस्प्लेको सुरक्षाः बजारमा विभिन्न थरीका स्मार्टफोन हुन्छन् । कतिपय प्रिमियम क्वालिटीका स्मार्टफोनको डिस्प्ले थोरै ठक्कर खाँदा वा खस्दा पनि टुट्ने खालको हुन्छ । त्यसैले आफ्नो स्मार्टफोनको डिस्प्लेलाई टुट्नबाट बचाउन तथा सुरक्षित राख्नका लागि त्यसमा राम्रो खालको टेम्पर्ड ग्लास लगाउनुहोस् । सामान्य स्क्रिन गार्डले त केवल डिस्प्लेलाई स्क्रयाच हुनबाट मात्र बचाउँदछ । तर यदि फोन हात वा गोजीबाट भुइँमा झर्यो भने त्यस्तो अवस्थामा स्क्रिनलाई टुटफुट हुनबाट जोगाउने टेम्पर्ड ग्लास नै हो ।

ब्याक कभरको प्रयोगः आफुले खरीद गरेको स्मार्टफोनको सुरक्षाका लागि कहिल्यै सम्झौता नगर्नुस् । आफ्नो स्मार्टफोनमा स्क्रयाच हुनबाट, फोहोर हुनबाट वा कुनै चिजमा ठोकिएर वा धसिएर कोतरिन नदिनका लागि राम्रो ब्याक कभरको प्रयोग गर्नुहोस् । आजकल बजारमा विभिन्न खाले ब्याक कभर पाउन सकिन्छ । आवश्यकताको आधारमा ब्याक कभर वा स्क्रिन समेत छोप्ने फि्लप वाला कभर प्रयोग गर्न सक्नुहुन्छ ।

एप लकको प्रयोगः आफ्ना निजी तथा गोप्य सन्देश, व्यक्तिगत डाटा तथा फोटोहरु अरु दोश्रो तथा असम्बन्धित मानिसले देखोस् भन्ने चाहना कसैको हुँदैन । यसका लागि तपाइँले App Lock को प्रयोग गर्न सक्नुहुन्छ । एन्ड्रोइड फोनका लागि गुगल प्ले स्टोरबाट यसलाई डाउनलोड गर्न सकिन्छ । आफ्नो मोबाइलमा भएका जुनसुकै एप तथा फोटो ग्यालरीलाई तपाइँ एप लकलाई तपाइँ हटाउन सक्नुहुन्छ ।

फोन चोरीबाट बचाउनः स्मार्टफोन चोरी हुँदा तथा हराउँदा निकै दुखको सामना गर्नुपर्छ ।  त्यसैले आफ्नो स्मार्टफोनमा एन्ड्रोइड डिभाइस म्यानेजर एक्टिभेट गर्नुहोस् । यसबाट तपाइँको हराएको वा चोरी भएको स्मार्टफोनको लोकेसन पत्ता लगाउन सकिनेछ । यसका लागि आफ्नो स्मार्टफोनमा गुगल सेटिंग्समा जानुस् । स्क्रल डाउन गर्दा Security अप्सन देखा पर्नेछ । त्यसलाई ट्याप गर्नुहोस् र Android Device Manager मा जानुहोस् । Remotely locate this device वा Allow remotelock and erase o or off नामक अप्सनमा क्लिक गर्नुहोस् । यस क्रममा Location को सेटिंग्समा गएर Access to my location लाई पनि अन गरी राख्नु आवश्यक हुन्छ । त्यसका साथै तपाइँको स्मार्टफोनमा गुगल अकाउण्ट साइन इन गरेको हुनुपर्नेछ ।

एन्टी मालवेयर सफ्टवेयरको प्रयोगः स्मार्टफोनको स्क्रिन तथा समग्र बडीको सुरक्षा मात्र होइन यसको डाटाको सुरक्षा पनि गर्नु आवश्यक हुन्छ । नयाँ फोन किन्ने बित्तिकै त्यसमा सबैभन्दा पहिले एन्टी भाइरस तथा डेटा सेक्योरिटी सफ्टवेयर इन्स्टल गर्नुहोस् । यसले मोबाइलको महतवपूर्ण डाटा तथा अन्य सफ्टवेयरलाई सुक्षित बनाउँदछ । यसका साथै स्मार्टफोनमा भाइरस आक्रमण तथा जंक फाइललाई हटाएर मोबाइलको गतिलाई समेत तिव्र बनाउँदछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment