+
+
Shares

कबिरको फिल्मबाट कंगना आउट, जरिन इन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते १०:५६

kangana-and-zarin

मुम्बई । कबिर खान निर्देशित चलचित्र ‘डिवाइन लवर्स’ वाट कंगना रनौत बाहिरिएकी छिन् । उनको ठाउँमा जरिन खान अनुबन्ध भएकी छिन् ।

केही दिन अघि मात्रै एक कार्यक्रममा इरफान खानले कंगना रनौतसँग गर्ने भनेको फिल्म ‘डिवाइन लवर्स’को काम रोकिएको बताएका थिए ।

निर्देशक खानले कंगना आउट र जरिन इन भएको औपचारिक पुष्टि गरेपछि अब सुटिङको काम सरासर अघि बढ्ने भएको छ । जरिनलाई लिनुको कारणवारे कबिरले भनेका छन् ‘हामी पठानी रुप भएको युवतिको खोजीमा थियौं । जरीनको अनुहार हाम्रो कथाले मागे जस्तै छ ।’

ऋतिक रोशन र कंगनाविचको विवाद बढेपछि अहिले बलिउडमा कंगनालाई लिएर फिल्म गर्न चाहने निर्देशक हिच्किचाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?