Comments Add Comment

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्‍योः गठबन्धन

Sanghiya-Gathbandhan

३ जेठ, काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले आफुहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएकोमा बिरोध गरेको छ ।

सोमबार बिज्ञप्ति जारी गरी शान्तिपूर्ण तरिकाले आन्दोलनमा सहभागी भएका जनतामाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको तथा दुःख दिएकोमा बिरोध गरिएको छ ।

संघीय गठबन्धनका प्रबक्ता परशुराम खापुङले जारी गरेको विज्ञप्तिमा गाउँ गाउँबाट आन्दोलनमा सहभागी हुन आएका कार्यकर्तालाई सुरक्षा चेकजाँचको बहानामा ७/८ घण्टासम्म जाममा राख्ने, अनावश्यक प्रश्नगरी हैरान गर्ने, झण्डा ब्यानर खोस्ने, शान्तिपूर्ण रुपमा भेला हुँदै गरेका कार्यकतालाई धरपकड गर्ने, खानतलासी गर्ने, द्वन्दकाल सम्झाउने शैलीमा बसबाट ओराली लाइन लगाएर चेकजाँच गर्नेजस्ता प्रहरी गतिविधिको बिरोध गरिएको छ ।

आफुहरुको शान्तिपूर्ण आन्दोलनमाथि युद्धको शैलीमा भइरहेको दमनका क्रममा कुनै अप्रीय घटना भएमा त्यसको जिम्मेबारी सरकारको हुने पनि गठबन्धनले चेतावनी दिएको छ ।

संबिधानको पुनर्लेखन लगायत २६ बुँदे माग राखेर २९ वटा राजनीतिक दल एबम् मोर्चाहरु आबद्ध संघीय गठबन्धनलेे घोषणा गरेको आन्दोलनको पहिलो चरणको अन्तिम कार्यक्रम अन्गर्गत आइतबार देखि सिंहदरबार घेराउ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment