Comments Add Comment

सिंहदरबार घेराउमा बिदेशीको संग्लग्नताबारे सरकार गम्भीरः गच्छदार

Bijaya-Gachchhadar

३ जेठ ,विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउमा विदेशीको संग्लग्नताबारे सरकार गम्भीर भएको बताएका छन् ।

आज विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँगको कुुराकानीमा गच्छदारले भने-‘आन्दोलनमा बिदेशीको सहभागीताबारे सरकारको ध्यानाकर्षण भएको छ, यस बारेमा संघीय गठबन्धन अझै बढि सम्वेदनशील हुन आवश्यक छ ।’

संविधानको पुनर्लेखन लगायतका माग राख्दै संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउमा हिजो बिदेशी अनुहारपनि देखिएका थिए । त्यसको सामाजिक सञ्जालमा बिरोध भएको थियो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारअधिकार प्राप्तीका लागि भन्दै मेधसी मोर्चाले मुलुककै  मुख्य प्रशासनिक भवन सिहदरवार धेराउ गर्नुको कुनै औचित्य नरहेको वताएका छन् । उनले भने-‘अधिकार प्राप्ति संविधान संसोधान गरेर मात्र सम्भव छ सिंहदरवार घेराउवाट होइन ।’

मोर्चाले उठाएको माग छलफल र वार्तावाटै सावधान खोजिनु पर्छ र त्यसका लागि सरकार तयार रहेकाले मोर्चापनि आन्दोलन छाडेर वार्ता र सम्वादमा आउनुपर्ने गच्छदारको भनाइ छ ।

उपप्रधानमन्त्री गच्छदारले सिंहदरबार अगाडि शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु सबैको अधिकार भएकाले मोर्चाका कार्यकर्ता  माथि दमन गरेर हटाउने पक्षमा सरकार नरहेको प्रष्ट पारे ।

यसैगरी व्यवस्थापिका संसदको कार्य संचालन नियमावाली सवैदलको सहमतिमा ल्याउनुपर्ने उनको धारणा छ । संबिधान कार्यन्वयनका लागि सबै राजनीतिक पक्षहरु एक हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment