+
+
Shares

एसएसबीले नेपाली सीमामा महिला जनशक्ति थप्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते १३:०८

३ जेठ, काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबिले नेपाली सीमामा महिला जनशक्ति थप्ने तयारी गरेको छ । नेपालसँग खुल्ला सिमा रहेको अर्को देश भुटानतर्फ पनि महिला एसएसबिहरु थपिने छन् ।

SSBएसएसबिकी नवनियुक्त प्रमुख अर्चना रामासुन्दरमले महिला जनशक्तिलाई बढिभन्दा बढि सीमा क्षेत्रमा परिचालन गरिने र उनीहरुको सेवासुविधा अभिवृद्धि गरिने भारतीय समाचार एजेन्सी पिटिआइलाई बताइन् ।

‘महिला मात्र होइन, सीमा सुरक्षामा खटिएका पुरुष जनशक्तिको पनि सेवा र सुविधा बढाइने छ,’ उनले भनिन् । सीमा क्षेत्रमा महिला जनशक्तिको अनुपात ३३ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको उनले बताइन् । अर्चना एसएसबिकी पहिलो महिला प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?