Comments Add Comment

‘लीला’मा कसरि अटाइनन् नीता ?, मलिना र संचिता देखिदै

leela shooting
केही हप्ता अगाडि नायिका नीता ढुंगानाले चलचित्र ‘लीला’मा आफूले काम गर्ने पक्का भएको अनलाइनखबरसँग नै बताएकी थिइन् । यो चलचित्रमा काम गर्न पाउँदा नीता खुशी पनि थिइन् । तर, अहिले परिस्थिती उल्टो भएको छ ।

चलचित्रको छायांकन सुरु भएको १४ दिन भैसक्यो । तर, चलचित्रमा नीता छैनन् । यो चलचित्रमा २ नायिका छन्, मलिना जोशी र संचिता लुइटेल । सीपी पौडेल र लक्ष्मण बस्नेतले मिलेर बनाएको यो चलचित्रलाई रमेश कोइरालाले निर्देशन गरिरहेका छन् । मलिना र संचितालाई राज कटुवाल र निस्तेज निरौलाले साथ दिइरहेका छन् ।

चलचित्रका निर्माता सीपी पौडेलले ‘लीला’लाई बदलाको कथा भनेका छन् । उनका अनुसार बलिउड नायिका सन्नी लियोनीको चलचित्रसँग नाम मिलेपनि यसको टाइटलमा कुनै व्यक्ति शीर्ष भूमिकामा छैनन् ।

नायिका नीता ढुंगाना चलचित्रमा नरहनुको बिषयमा सीपीले भने-‘उहाँले गर्ने भनिएको अर्को चलचित्र ‘निर्भय’ र यसको छायांकन एकसाथ हुने भएकाले काम गर्न नसकिएको हो ।’ सीपीले चलचित्र ‘निर्भय’का निर्देशक मधुसुदन भट्टराई र नायिका नीता ढुंगानासँग कुरा नै भएको बताए ।
नीताले अब अहिलेसम्म ‘निर्भय’मा मात्र काम गर्ने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment