इलामको श्री अन्तु डाँडामा ‘राधा’ चलचित्रको सुटिङ भईरहदा नायिका संचिता लुइटेलले यसलाई आफ्नो सफल चलचित्र ‘छोडी गए पाप लाग्ला’ पछिको अर्को उत्कृष्ट हुने बताइन् ।
नायिका लुइटेलले चलचित्रको कथावस्तुलाई दर्शकले रुचाउन सक्ने आँकलन पनि गरिन् । नायक जीवन लुइटेलसँग पर्दा शेयर गरिरहेकी संचिताले निर्देशक योगेश घिमिरेको मिहिनेत पनि चलचित्रमा देखिने बताइन् । चलचित्र प्राविधिक हिसाबले पनि उत्कृष्ट हुने उनको भनाई छ ।
नेपालमा पहिलो पटक घाम उदाउँने क्षेत्रको रुपमा परिचित श्री अन्तु डाँडा बाहेक दार्जलिङको मिरिक र झापाको विर्तामोडमा यसको छायांकन भैरहेको छ । निर्देशक योगेश घिमिरेले चलचित्रलाई प्राविधिक र कथावस्तुको हिसाबले पनि उत्कृष्ट बनाउन कुनै लोभ नगरेको बताए ।
चलचित्रको कथा प्रदिप भारद्धाजले लेखेका हुन् । नायक जीवन लुटइटेलले चलचित्रको कथावस्तुलाई नै सवैभन्दा सवल पक्ष मानेका छन् । ‘कथावस्तु राम्रो नभएको भए यसपटक योगशे घिमिरे र मेरो टिमअप हुदैनथ्यो’, जीवनले भने ।
चलचित्र ‘नोटबुक, भुल भूलैया’ जस्ता सफल चलचित्र दिएका निर्देशक घिमिरेले यसपटक ‘राधा’मा खुबै मिहिनेत गरिरहेका छन् ।
तस्बिरः विनोद पोखरेल
प्रतिक्रिया 4