+
+
Shares

रक्सीले घटाउँछ ८ वर्ष आयू

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते ११:२०

alcoholरक्सीका लतमा फसेका मानिसहरु अन्य मानिसहरुको तुलनामा ८ वर्ष छिटै मर्ने गरेको देखिएको छ । एक नयाँ अध्ययनले यो तथ्य बाहिर ल्याएको हो ।

अध्ययनले रक्सीको लत लागेका मानिसहरुमा रक्सीले कसरी मानसिक तथा शारीरिक दुबै तबरले प्रभावित गर्दछ भन्ने देखाएको छ ।

जर्मनीको युनिभर्सिटी अफ बन अस्पतालका शोधकर्ता डाइटर स्कफका अनुसार रक्सीको लतले मानसिक र शारीरिक दुबै प्रकारका समस्या निम्त्याउँछ । बेलायतका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीहरुको अध्ययन गर्दा रक्सीको लतमा फसेका मानिसहरुको मृत्यु रक्सी सेवन नगर्ने अन्य बिरामीहरुको तुलनामा औषतमा ७.६ वर्ष अगाडि नै हुने गरेको पाइएको छ ।

स्कफ र बेलायतको रोयल डर्बी अस्पतालका प्राध्यापक रिचनहार्ड ह्यूनले यो नतिजामा पुग्नुभन्दा पहिले म्यानचेस्टरका सात अस्पतालहरुमा विरामीहरुको साढे १२ वर्ष अध्ययन गरे ।

ह्युनका अनुसार रक्सीको लतले ग्रस्त मानिसहरुको प्रारम्भिक अवस्थामा शारीरिक तथा मानसिक उपचार गरेर उनीहरुको आयु बढाउन सकिन्छ । तर रक्सीको लतले गम्भीर असर पूराइसकेपछि भने यसको उपचार जटिल बन्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?