+
+
Shares

‘गाँजा बाजा’ विवादमा सर्वोच्चले भन्यो-‘नाम किन राख्न नपाइने, १५ दिनभित्र जवाफ देउ’

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते ११:४६

ganja baja
चलचित्र विकास बोर्डले ‘गाँजा बाजा’ नाम राखेर चलचित्र बनाउने अनुमती नदिएपछि यसका निर्देशक गणेशदेव पाण्डे अदालत नै पुगे । सर्वोच्च अदालतमा उनले मुद्दा दायर गरेपछि यसको चर्चा अझ चुलिएको छ ।

चलचित्र विकास बोर्डले लागू औषध नियन्त्रण ऐन र सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण ऐन बमोजीम ‘गाँजा’ शब्द राखेर चलचित्र बनाउन नमिल्ने भन्दै इजाजत दिन मानेको थिएन । निर्देशक पाण्डेले अभिव्यक्ति स्वतन्त्रताको हकबाट आफू बञ्चित हुनु परेको भन्दै सर्वोच्चमा रिट पेश गरेका थिए । न्यायधिस गोपाल पराजुलीको एकल इजालसले ‘गाँजाबाजा’नाम राखेर चलचित्र बनाउन किन पाइदैन भन्ने कारणसहित १५ दिन भित्र अदालत समक्ष लिखित जवाफ सहित उपस्थित हुन चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइलाई आदेश दिएको छ ।

सुशिल सिटौला र बर्षा सिवाकोटीलाई राखेर गणेशले यो चलचित्र निर्माण गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?