Comments Add Comment

चर्चा प्रेमकोः पार्टीमा श्रद्धा र फरहानको ‘डर्टी डान्स’

sharadha and farhan
बलिउडमा जब चलचित्र रिलिज हुने समय आउँछ, त्यसका कलाकारको प्रेम सम्बन्धले स्थान पाउँछ । विवाहित हुन् या अविवाहित, कलाकार यस्ता गसिपमा पर्छन् नै ।

अहिले नायिका श्रद्धा कपुर र नायक तथा निर्देशक फरहान अख्तरको प्रेम चर्चाले बलिउड र मिडियालाई गर्माएको छ । श्रद्धा र फरहानले एकसाथ चलचित्र ‘रक अन २’ मा काम गरेका छन् । यसैले पनि यी दुइको लिंकअपको खबरले मिडिया तातेको छ ।

हालैमात्र चलचित्र ‘वाघी’को सफता पार्टीका क्रममा फरहान र श्रद्धाको निकटता देखिएको मुम्बई मिरर नामक पत्रिकाले उल्लेख गरेको छ । पत्रिकाका अनुसार पार्टीमा श्रद्धा र फरहानले ‘नट्टी’ शैलीमा डान्स गरेका थिए । यो पार्टीमा श्रद्धाका पिता शक्ति कपुर पनि थिए । तर, शक्ति यो क्रियाकलाप देखेपछि बाहिरिएका थिए । पछि श्रद्धा र फरहान एकसाथ बाहिरिएको मिडियाको दाबी छ ।

फरहान अख्तरको डिभोर्सको पछाडि श्रद्धा कपुरसँगको सम्बन्ध रहेको मिडियाले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment