Comments Add Comment

विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो

Robot-'Ross'वकिलको काम गर्ने विश्वकै पहिलो रोबोटले अन्ततः जागिर पाएको छ । अमेरिकाको एक र्फमले उक्त रोबोट वकिललाई नोकरीमा राखेको हो । यो वकिल रोबोटले अब कानूनी अनुसन्धानमा कम्पनीका अन्य विभिन्न टोलीहरुलाई सहयोग गर्नेछ ।

‘रोस’ नामको उक्त रोबोट वकिललाई आइबिएम कम्पनीले तयार गरेको हो । कग्निटिभ कम्प्युटिंग तथा प्राकृतिक भाषा प्रोसेसिंग क्षमता भएको यो रोबोटसँग कम्पनीका अन्य मानव वकिलहरुले अनुसन्धानसँग जोडिएका विभिन्नखाले जटिल प्रश्नहरु सोध्नेछन् र रोबोटले कानुनको अध्ययन गरेर तथा प्रमाण जुटाएर ती सवालहरुको निकै प्रासंगिक तथा प्रमाणित उत्तर दिनेछ ।

ब्याकरहस्टलर नामक ल र्फमले अब पुनर्संरचना, क्रेडिट राइट्स तथा ब्यांकरप्टी लगायतका क्षेत्र हेर्ने विभागमा प्रयोगको लागि रोेसलाई लाइसेन्स दिनेछ ।

रोसले कानुनी गतिविधिहरुमा चौबिसै घण्टा निगरानी राख्नुका साथै अदालतमा भएका नयाँ फैसलाहरुको बारेमा अन्य वकिलहरुलाई जानकारी गराउनेछ जसले कुनै खास मुद्दामा असर पुर्‍याउन सक्दछ । साथै यो रोबोट वकिलले अन्य मानव वकिलहरुसँग आफूले पनि निरन्तर सिकिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment