+
+
Shares

झड्केली छोरीमाथि बलात्कारको प्रयास

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७३ जेठ ४ गते १९:०४

Rape

४ जेठ, नवलपरासी । नवलपरासीका एक पुरुषले १२ वर्षकी झड्केली छोरीमाथि बलात्कारको प्रयास गरेका छन् ।

नवलपरासीको पहाडी गाविस धुर्कोट ६ का ४६ वर्षका एक वावुले आफ्नै छोरीलाई सोमवार विहान ९ बजेको समयमा घरमै जबरजस्तीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय नवलपुरका इन्स्पेक्टर शिव शर्मा आचार्यले जानकारी दिए ।

सुतिरहेकी छोरीलाई जबरजस्ती गर्न खोजेपछि आमाले हारगुहार गरेर स्थानीयलाई बोलाएकी थिइन्, स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

इलाका प्रहरी कार्यालय नयाँ वेलहानीको टोली घटनास्थलमा पुगेर पीडकलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय नवलपुरलाई बुझाएको हो । बालिकाकी आमाले मंगलवार प्रहरीमा उजुरी समेत दिएको इन्स्पेक्टर आचार्यले बताए ।

वावुसँग सोधपुछ गर्दा मादक पदार्थ सेवन गरेर होस्मा नभएकाले आफूले यस्तो कार्य गरेको स्वीकारेको प्रहरी निरीक्षक आचार्यले बताएका छन । उनलाई  जबरजस्ती करणी उद्योग अन्तरगत मुद्धा दर्ता गरी जिल्ला चलान गरेर अनुसन्धान अगाडि बढाईएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?