Comments Add Comment

अन्तिम खेलमा म्यानचेष्टर युनाइटेड विजयी, अर्को सिजन युरोपा खेल्ने पक्का

Manchester United५ जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा म्यानचेष्टर युनाइटेडले बोर्नमाउथमाथि सहज जित हात पारेको छ । यो जितसँगै युनाइटेड अर्को सिजन युरोपा लिग खेल्ने भएको छ ।

मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले बोर्नमाउथमाथि ३-१ को जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडले ४३ औं मिनेटमा वायन रुनीको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा सम्भव भयो ।

७४ औं मिनेटमा मार्कस रासफोर्ड र ८७ औं मिनेटमा एस्ले योङले गोल गरे । खेलको अन्तिम समयमा क्रिस स्मालिङले गोल गरेपछि बोर्नमाउथको हार टार्न सकेनन् र युनाइटेड ३-१ ले विजयी भएको छ ।

यो जितसँगै म्यानचेष्टर युनाइटेड साउथ हृयाम्पटनलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ । र,अर्को सिजन युरोपा लिगमा स्थान बनाएको छ । तर, च्याम्पियन्स लिगका लागि छनोट हुन भने असफल भएको छ । चौथो स्थानमा रहेको म्यानचेष्टर सिटी र युनाइटेडको समान ६६ अंक छ । तर, गोल अन्तरका आधारमा सिटी अगाडि रहृयो ।

बोर्नमाउथसँग खेल अघिसम्म म्यानचेष्टर युनाइटेडको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना गणितीय रुपमा थियो । यसका लागि उसले १९ गोलको जित निकाल्नुपथ्यो । तर, यो मंगलबार राति सम्भव भएन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment