Comments Add Comment

कार्यालयमा कर्मचारीलाई सुत्नका लागि हाकिमले बनाइदिए १२ ओछ्यान

sleepingकुन चाहीँ मुर्ख हाकिमले कार्यालय समयमा कर्मचारीलाई सुत्ने मौका प्रदान गर्ला ? सायद कर्मचारीलाई कार्यालयमै दिउसै सुत्न दिने हाकिम पाउन मुस्किलै पर्ला । तर चीनका एक जना हाकिमले भने कर्मचारीलाई कार्यालयमै सुत्नका लागि बेड नै तयार गरिदिएका छन् ।

बेसन क्लाउड नामको एक क्लाउड कम्प्युटिंग र्फम खोलेका उनले जब आफ्नो कम्पनीमा पहिलो बिजनेस अर्डर प्राप्त भयो तब कार्यालयको शान्त कोठामा १२ वटा ओछ्यान तयार पारे ।

कम्पनीका मालिक दाइ सियांगका अनुसार प्राविधिक काम गर्दा मस्तिष्कलाई निकै धेरै मेहेनतको आवश्यकता पर्दछ । कर्मचारीहरुको लागि प्रेरणाको श्रोत खोज्ने समय दिनु पर्दछ । सोही कारण उनले आफ्ना कर्मचारीलाई दिउसै सुतेर आराम गर्नका लागि बेड नै तयार पारिदिएका छन् ।

हुनत चीनमा कार्यालयमा काम गर्ने कर्मचारीहरु आफ्नो कार्यालय समयकै दौरान सुत्नु सामान्य बन्दै गइरहेको छ । चीनमा जनसंख्या बढि भएको हुँदा अदक्ष तथा सस्तो दरका मजदूर यथेष्ट पाइन्छन् । तर चीनको प्रविधि क्षेत्रमा भने खासै धेरै जनशक्ति पाउन गाह्रो थियो । चीनमा प्रविधि क्षेत्र निकै फस्टाइरहेको छ र कम्पनीहरुले नयाँ नयाँ कर्मचारी भर्ना गरिरहेका छन् ।

टेक्नोलोजी कम्पनीका प्रोग्रामरहरु हरेक दिन कार्यालयमा अतिरिक्त समय काम गर्दछन् । त्यसैले उनीहरुलाई लन्चको समय तथा रातको ९ बजेपछि आफ्नो डेस्क तथा सोफा लगायतमा कार्यालयमै सुत्ने अनुमति हुन्छ । तर कार्यालयमा कर्मचारीलाई सुत्नका लागि बकाइदा ओछ्यानकै व्यवस्था गरिएको भने यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment