Comments Add Comment

संघीय गठवन्धनले १२ दिने आन्दोलन घोषणा गर्ने

पहिचानको संघर्ष निर्णायक मोडमा पुगेको निश्कर्ष

federal allience_protest (13)५ जेठ, काठमाडौं । संघीय गठवन्धनले पहिलो चरणको आन्दोलन सम्पन्न भएपछि १२ दिनको नयाँ आन्दोलन घोषणा गर्ने भएको छ । आन्दोलनको रुप शान्तिपूर्ण हुने नेताहरुले बताएका छन् ।

गठवन्धन एक नेता राजेन्द्र श्रेष्ठले बुधबार दिउँसो १ बजे रत्नपार्कस्थित शान्ति वाटिकामा हुने जनसभाबाट १० दिने आन्दोलनको औपचारिक घोषणा गरिने बताए ।

आन्दोलनको खाकाबारे नेताहरु छलफलमै रहेको उनको भनाइ छ । केहबेरअघि सम्पन्न गठवन्धनको बैठकले पहिचानको आन्दोलन निर्णायक मोडमा पुगेको निश्कर्ष पनि निकालेको छ ।

विगतमा विभाजित अवस्थामा बेग्लाबेग्लै लडिरहेका शक्तिहरु आज एकै ठाउँ आइपुगेकाले आन्दोलन सशक्त भएको बैठकको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment