+
+

उपभोक्ता ठग्ने पेट्रोलपम्प सञ्चालक थुनामा

रासस रासस
२०७३ जेठ ५ गते १२:५२

५ जेठ, बनेपा । उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।

Petrol-Pumpनारायण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो ।

लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अनुसन्धान गर्न भन्दै कारागार चलान गरेको श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लाका ६ वटा पेट्रोलपम्पमा मेसिन जडान गरी उपभोक्ता ठग्दै आएको अनुगमनको क्रममा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ६ वटै पम्पका सञ्चालकलाई उपभोक्ता ठगी र कालोबजारीमा मुद्दा चलाएको थियो ।

खत्रीले २०७२ साल असार ४ गतेदेखि २०७२ मङ्सिर १० गतेसम्म रु ११ लाख ५४ हजार ४२२ ठगी गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?