Comments Add Comment

भारत जान लागेका ४ किशोरीको भैरहवा नाकाबाट उद्धार

५ जेठ, भैरहवा । रोजगारीको खोजीमा भारत जान लागेका चार जना किशोरीहरुलाई नेपाल-भारत सीमा नाकाबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । बिना योजना र बिना आफन्त भारत जान लागेका रसुवा र बाग्लुङका युवतीहरुलाई भारतसँग जोडिएको भैरहवा नाकाबाट उद्धार गरिएको हो ।

KI-Nepal,-Belahiya-Rupandeh
फाइल तस्वीर

घरबाट भागेर रोजगारी खोज्न भन्दै भारत जान लागेकाहरुलाई ईलाका प्रहरी कार्यालय बेलहियाको सहयोगमा महिला हिंसा तथा चेलिबेटी बेचबिखन बिरुद्धको क्षेत्रमा कार्यरत संस्था केआई नेपालले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो । उद्धार गरिएका युवतीहरु १८ र १९ वर्ष उमेरका छन् ।

उनीहरुलाई दुई दिनसम्म संस्थाको संरक्षणमा राखी आफन्तको जिम्मा लगाइएको केआई नेपाल रुपन्देहीकी संयोजक तारा सापकोटाले बताइन् ।

‘सामान्य शिक्षामात्र लिएका उनीहरु रोजगारी गर्न भारत जाने भने पनि उनीहरुसँग कहाँ गएर के काम गर्ने भन्ने योजना थिएन, न त उनीहरुका कुनै आफन्तनै भारतमा थिए,’ सापकोटाले अनलाइनखबरसँग भनिन्, ‘यसरी भारतमा जाँदा अलपत्र परिने र दलालको परिबन्दमा पर्नसक्ने सम्भावना देखेर उनीहरुलाई परामर्श दियौं र घर फर्कन राजी भए ।’

गाउँमा जाने पर्यटकको भरीयाको रुपमा काम गरेर दैनिकी चलाउँदै आएका रसुवाका किशोरी रोजगारी खोज्न भन्दै भारत जाँदै थिए । भूकम्पपछि गाउँतिर पर्यटक पनि आउन छाडेको र पर्यटकको भारी बोक्ने काम पनि नपाएकाले काम खोज्न भारत जाने लागेको उनीहरुले बताए ।

‘पछिल्लो जुलाई महिनामा यसरी भारत जान लागेका १६ जनालाई उद्धार गरी घर फिर्ता पठाइएको र २७ जनालाई थप अनुसन्धानको लागि प्रहरीेलाई बुझाइएको उनले बताइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment