Comments Add Comment

श्रृष्टी भन्छिन्-‘सुन्दरता सबैमा हुन्छ, तर टिक्ने अभिनयले हो’

बलिउड भन्दा म यही नै खुशी छु

shristhi shrestha
जेठ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाजलु’बाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेकी पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठलाई लाग्छ, सुन्दरता धेरै समय टिक्दैन ।

उनले आफूलाई नायिका भन्दा पनि एउटा सम्मानित कलाकार बन्न मन लागेको खुलाइन् । अनलाइनखबरसँग कुरा गर्दै यी सुन्दरीले भनिन्-‘मलाई नायिका भन्दा पनि सम्मानित कलाकार बन्न मन छ । सुन्दरता त सबैमा हुन्छ । तर, अन्त्यमा चल्ने भनेको कलाले नै हो । अभिनय पनि राम्रो गर्नुपर्छ ।’

श्रृष्टीले आफू मिस नेपाल नभएको भएपनि यो क्षेत्रमा आउने चाहना भएको बताइन् । वेलायतमा पनि अभिनय सम्बन्धी अध्ययन गरेकी श्रृष्टीले थिएटरमा आफूलाई बढी रुची भएको बताइन् ।

बलिउड नायिका सन्नी लियोनीको एक चलचित्रको कभर गीतमा हट नृत्य गरेकी श्रृष्टीलाई बलिउडमा बसेर काम गर्न नै मन लागेन । उनले भनिन्-‘मलाई नेपालमै बसरे केही गर्न मन थियो । म यही नै खुशी छु ।’

चलचित्र ‘गाजलु’मा महंगो पारिश्रमिक लिएर यी सुन्दरीले काम गरेको चर्चा छ । यस बिषयमा उनी भन्छिन्-‘यो क्षेत्रमा राम्रो पैसा छ । सबैले काम अनुसारको पारिश्रमिक लिनुपर्छ ।’ आफूले गुणस्तरमा ध्यान दिने भन्दै यी नायिकाले कम तर राम्रा चलचित्र गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment