नायक शिव श्रेष्ठको कमब्याकमाथि चलचित्र ‘बागमती’ले पानी खन्यायो । शिव श्रेष्ठको बबालै कमब्याक हुन्छ भन्नेहरुका लागि ‘बागमती’ हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भयो ।
तर, पनि नायक शिव श्रेष्ठ चलचित्र क्षेत्रमा ‘एक्सन किङ’कै रुपमा चिनिन्छन् । उनै नायक शिवको मुख्य भूमिका रहेको चलचित्र ‘एक्सन’ जेठ १४ गतेबाट रिलिज हुँदैछ ।
राजु अर्यालले निर्देशन गरेको यो चलचित्रमा शिवको एक्सन हेर्न पाइने निर्माणपक्षको दाबी छ । चलचित्रमा प्रमोद दीप र जेनिशा केसी पनि मुख्य भूमिकामा छन् । प्रमोद पनि एक्सनमा सशक्त छन् । उनले जेनिशासँग रोमान्स पनि गरेका छन् ।
यी ३ कलाकारको अभिनय र कथावस्तुका कारण ‘एक्सन’ चल्छ भन्नेमा निर्देशक राजु ढुक्क छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4