Comments Add Comment

सविनलाई रेखा नभई नहुने

Rekha & Sabin (6)
यस्तो लाग्दैछ नायक सविन श्रेष्ठ नायिका रेखा थापालाई छाड्न सक्दैनन् । सविनले अभिनय गरेका अधिकांश चलचित्रमा रेखा नै नायिका छिन् ।
केही चलचित्र छाड्ने हो भने रेखाविनाका सविनका चलचित्र हिट छैनन् । यसैले पनि होला, सविन रेखासँग जोडिन चाहन्छन् ।

सविनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘हिरो’मा नायिका रेखा थापाले काम गर्ने संभावना प्रवल छ । सविन र रेखाले पोष्ट गरेका केही तस्बिर र केही अनलाइनमा आएका समाचारलाई मान्ने हो यी दुइले यो प्रोजेक्टमा सहकार्य गर्नेछन् ।

चलचित्रको छायांकन सुरु हुन केही महिना बाँकी छ । शिवम् अधिकारीले यो चलचित्रको कथा लेखिरहेका छन् । के शिवम्ले चलचित्रको कथा फेरि लेखिरहेका छन्, यो भने सोचनिय बिषय छ । किनकी, रेखाले आफ्नो भूमिका पावरफूल नभएसम्म काम गर्दिनन् । प्रतिक्षा गरौ, रेखाले डेब्यू गरेको चलचित्रको नामबाट नै बन्न लागेको यो चलचित्रमा सविन र रेखाको जोडी जोडिन्छ या जोडिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment