Comments Add Comment

उपभोक्ता मञ्चका नेता नै ठगीमा, प्रहरीद्वारा रंगेहात पक्राउ

thug

५ जेठ, काठमाडौं । प्रहरीले उपभोक्ता मञ्च नेपालका केन्द्रीय सदस्य रोशन पोखरेललाई ठगी गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

राजधानीको खिचापोखरीस्थित नेपाल ओभरसिज मार्केटिङ कम्पनीका सञ्चालक पवन अग्रवालसँग अनधिकृत रुपमा लिएको १ लाखसहित उनलाई भृकुटीमण्डपस्थित कार्यालयबाटै रंगेहात पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल ओभरसिजका सञ्चालक पवनको कम्पनीमा अनुसन्धानको लागि कागजपत्र मागेको र माग बमोजिम कागजपत्र उपलब्ध नगराएपछि आरोपी पोखरेलले धम्की दिइ ३ लाख मागेका थिए । माग बमोजिमको १ लाख कम्पनीका सेल्सम्यान कुमार दीपेन्द्र सागरमार्फत लिइरहेकै बेलामा प्रहरीले रंगेशात पक्राउ गरेको हो ।

पक्राउ परेका पोखरेललाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment