६ जेठ, काठमाडौं । आपूर्ति मन्त्रालयले खडेरीका कारण उत्पादन न्यून भएका कर्णालीका चार जिल्लामा खाद्यान्य पुर्याउने व्यवस्था एक साताभित्र सुरु गर्न नेपाल खाद्य संस्थानलाई निर्दैशन दिएको छ ।
मन्त्रालयको निर्दैशनसँगै संस्थानले भूकम्पका बेला बंगलादेशले अनुदानमा दिएको चामल कर्णाली पुर्याउने प्रक्रिया अघि बढाएको आजको कारोबार दैनिकले जनाएको छ ।
यस वर्ष बंगलादेशको चामल कर्णाली पुर्याइनेमा ४० वर्षयताको सबैभन्दा ठूलो खडेरी परेको छ ।
आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बंगलादेशको चामल कर्णाली पुर्याइनेमा भोकमारी हुन नदिलन वर्षायाम अघि नै खाद्य संस्थानका विभिन्न डिपोमार्फत खाद्यान्य पुर्याउन निर्देशन दिइसकेको जानकारी दिए ।
गत फागुनमा कर्णलीबाट प्रतिनिधित्व गर्ने सांसदलगायतको टोलीले आपूर्तिमन्त्री गणेशमान पुनलार्इ भेटी कर्णालीमा खाद्यान्य अभावले भोकमारीको समस्या हुने भन्दै खाद्यान्य पुर्याउनमा माग गरेको थियो ।
माग गरेको झन्डै चार महिनापछि प्रक्रिया सुरु हुन लागेको हो ।
प्रतिक्रिया 4