Comments Add Comment

कतारबाट फर्किएका योगेन्द्र काठमाडौंमा हराए !

६ जेठ, सप्तरी । कतारमा रोजगारी गरेर फर्किएका सप्तरीका एक युवक काठमाडौंबाट वेपत्ता भएका छन् ।

Yogendraउनको परिवारले छोरा खोजी गरिदिन सबैसँग आग्रह गरेका छन् । जिल्लाको बनौली गाविस ८ लालपुरका ३३ बर्षीय योगेन्द्र राम कतारबाट फर्केर काठमाडौं आएको र त्यहींबाट वेपत्ता बनेको परिवारजनले जनाएको छ ।

योगेन्द्रका ६५ बर्षीय पिता नन्दी रामले आफ्नो छोरा वैशाख २२ गतेदेखि वेपत्ता रहेको सुनाए । उनले छोराको खोजी गरिदिन सबैसँग आग्रह गरेका छन् ।

युवतीको लफडा

डेढ बर्षअघि कतार गएका योगेन्द्र २१ गते कतारबाट हिंडेको खबर परिवारजनलाई गरेका थिए । यसपछि उनी २२ गते राति ११ बजे काठमाडौं उत्रेका थिए । उनीसँगै अन्य तीनजना पनि थिए । चारै जना काठमाडौं आएर गौशालास्थित रामजानकी गेष्ट हाउसमा बसेका थिए ।

त्यस रात चारै जनाले त्यहीं बिताए । भोलिपल्ट सबै जना आआफ्नो घर जानका लागि बसको टिकट लिए । तर, योगेन्द्रले काठमाडौंमा काम भएकाले आफू अहिले नजाने साथीहरुलाई बताएका थिए ।

योगेन्द्रसँगै कतारबाट आएका सिरहा नहरा भगवानपुरका रामनारायण ठाकुरले आफूलाई सारा कुरा बताएको सुनाउँदै उनका पिता नन्दीले भने, योगेन्द्रका साथीहरु घर आएपनि उनी घर आउन मानेनन् र यसपछि उनी उक्त दिन त्यहीं बसे ।

भोलिपल्टदेखि उनी सम्पर्कविहीन भए । उनका पिता नन्दीले भने, योगेन्द्र बसेको गेष्ट हाउसबारे जानकारी लिएर फोन गर्दा अनौठो जवाफ पाएँ ।’

Nandi
योगेन्द्र रामका बाबु नन्दी

होटलमा फोन गर्दा पाएको प्रतिकृयाबारे उनले यसरी बेलिविस्तार लगाए । उनका साथीहरु घर फर्केको भोलिपल्टै एक जना युवती ट्याक्सी लिएर आएको र योगेन्द्रले आफ्नो सारा सामान त्यसमै हालेर गएको गेष्ट हाउसका व्यक्तिले सुनाएको नन्दीको भनाइ छ । योगेन्द्रका साथीहरुका अनुसार योगेन्द्र कतारमै रहँदा एक युवतीसँग फेसबुकमा कुराकानी गर्ने गरेका थिए ।

तर, ती युवती को हुन् ? भन्ने कुरा कसैलाई थाहा नभएको उनले बताए । उनले सप्तरीमा रहेकी योगेन्द्रकी श्रीमतीलाई समेत फोन गर्ने गरेकी थिइन् । तर, अहिले उक्त नम्बरमा सम्पर्क गर्दा कुनै पुरुषले उठाउँछ ।

योगेन्द्र सम्पर्कविहीन भएपछि परिवार चिन्तामा छ । सप्तरीमा उनकी श्रीमती र दुई छोरा पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment