Comments Add Comment

रामेछापका तामाङहरुको मिसनः आफ्नो घरभन्दा पहिला काठमाडौंको मन्दिर बनाउनु छ

hirabahadurtamang६ जेठ, काठमाडौं । दिउँसोको हल्का वर्षापछि प्रशिद्ध दरबार स्क्वायर क्षेत्रमा व्यापारीहरु आराम गरिरहेका छन्, जो अधिकांश समय त्यहाँ आउने पर्यटकहरुलाई लोभ्याउन प्रयासरत रहन्छन् ।

विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी भइसक्यो । भूकम्पले क्षतिग्रस्त बनेको हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा एक स्कुले विद्यार्थी सेल्फी लिइरहेका थिए । मिस्त्रीहको एउटा समूह भने दरबारभित्रको एउटा मन्दिरको छानामा काम गरिरहेका थिए ।

‘म र मेरा साथीहरु रामेछापको दोरोम्बाबाट आएका हौं’, पञ्चमुखी हनुमान मन्दिरलाई अन्तिम रुप दिने प्रयास गरिरहेका ४० वर्षीय हिराबहादुर तामाङले भने ।

भूकम्पले क्षतिग्रस्त भएको हनुमानढोका दरबार क्षेत्रमा अहिले पुनर्निर्माणको काम भइरहेको छ । र, भूकम्प अघिदेखि नै हिरा र उनको समूह आवद्ध रहेको ठेकेदारले त्यसको जिम्मा पाएका छन् ।

रामेछापमा तपाईँको घरलाई पनि भूकम्पले क्षति पुर्‍यायो ? हाम्रो पहिलो प्रश्न थियो हिरालाई । काम गरिरहेका उनी रोकिए र भने, तपाईँले यो मन्दिरको अवस्था देख्नुभएको छ नि होइन ? हो, यस्तै भएको छ मेरो घरको अवस्था, जुन मैले आफ्नै हातले बनाएको थिएँ ।’

तपाईँलाई लाग्दैन, आफ्नो भत्किएको घर बनाउन छाडेर मन्दिर बनाउनमा आफ्नो समय खेल फाल्दै हुनुहुन्छ ?

हिराबहादुरले जवाफ दिए, ‘होइन, म यहाँ आफ्नो काम गरिरहेको छु । काठमाडौंमा आफू र आफ्नो परिवार पाल्न कमाउनुपर्छ । त्यसका लागि यो काम गर्न जरुरी छ ।’

छोराछोरीलाई स्कुल पठाउन भन्दै हिरा र उनकी श्रीमती गाउँ छाडेर काठमाडौं पसेका थिए । त्यसैले उनी आफ्नो घर बनाउन रापेछाप जाने निर्णय लिएर छोराछोरीको पढाइ बर्बाद पार्न चाहँदैनन् । उनको जे सीप छ, त्यसका लागि गाउँमै बसेर राम्रो कमाइ हुँदैन ।

कुनै तालिम नलिए पनि काठ र ढुंगामाटोको काम गर्न सिपालु हिरा भन्छन्, वषर्ा लागेपछि गाउँमा घर बनाउने काम हुँदैन । वर्षामा कहिलेकाँही खाट र टेबल बनाउने काम मात्र आउँछ ।’

हिराको गाउँमा अन्न धेरै उत्पादन हुँदैन । मुख्य बाली भनेकै मकै, गहुँ र आलु हो, जुन वर्षाभरि खान पुग्दैन । त्यसैले त उनी काठमाडौंमा पाखुरी बजारिरहेका छन् ।

तर, यसको अर्थ यो होइन कि उनलाई आफ्नो गाउँ घरको कुनै मतलब छैन । सरकारले दिने भनेको राहत पाए घर बनाउन केही दिनका लागि गाउँ जाने उनको योजना छ ।

घरमा अहिले भत्किएको घर २ तले थियो । तर, अब बनाउँदा एक तलाको मात्र बनाउने उनको योजना छ । घर जाँदा नयाँ घर बनाउने सामाग्रीहरु लिएर जानुपर्छ, उनले भने, तर, मलाई लाग्दैन कि सरकारले दिने भनेको रकम यति छिट्टै पैसा पाइन्छ ।’ उनको भने जस्तै हुन्छ कि हुन्न त्यसका लागि केही समय पर्खनुपर्छ ।

हामी केही भन्नुअघि नै हिराको ब्रेक सकियो । र, उनले आफ्नो काम गर्नुछ । किनकि उनको परिवार र सिंगो देशले उनी र उनको साथीमाथि भरोसा गरेको छ ।

अनलाइनखबर अंग्रेजीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment