+
+
Shares

नेपाल बुद्धको जन्मभूमि मात्र होइन, बुद्धिज्मको पनि स्रोत होः प्रधानमन्त्री

'सबैका जायज माग पूरा गर्न तयार छौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ६ गते ११:५७

buddha sammelan (2)

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बुद्धिज्मको स्रोत पनि भएको बताएका छन् । काठमाडौंमा बिहीबार बौद्ध सम्मेलन उद्घाटन गर्दै ओलीले बुद्धले देखाएको अन्तिम खुशी र शान्तिको बाटो विश्वकै लागि प्रेरणादायी रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको द्वन्द्वग्रस्त विश्वमा बुद्धले देखाएको बाटो अनुशरण गरेमा धेरै समस्याहरु हल हुनेछन् ।’ उनले लुम्बिनीको दीर्घकालीन विकासका लागि यो सम्मेलनले मार्गदर्शन गर्ने आशा पनि व्यक्त गरे । बुद्ध र बुद्धिज्म छुट्टाउन नमिल्ने उनको भनाई थियो ।

सबैका माग पूरा गर्न तयार

वौद्ध सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले वार्ता र सम्वादको माध्यमबाट सबैका मागहरुलाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । नेपालले हालै संविधान जारी गरेर संक्रमणकाल टुंग्याएको भन्दै प्रधानमन्त्री ओलीले अब एकता, विकास र स्थायित्वका लागि सबैसँग सहकार्य गरिने उल्लेख गरे ।

प्रधानमन्त्रीले भने, ‘हामी बाँकी मुद्दाहरुको समाधान पनि शान्तिपूर्ण तरिकाले संवादमार्फत नै गर्न तयार छौं, सबैका जायज मागहरु पूरा गर्न तत्पर छौं ।’ उनले ‘राष्ट्र पहिले’ भन्ने सोच राख्न पनि सबैसँग आग्रह गरे ।

buddha sammelan (1)

बिहीबार र शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुनेछ । शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती समारोह आयोजना हुनेछ । समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाललाई अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टर बनाउँ

सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनन्दप्रसाद पोखरेलले नेपाललाई अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टर घोषणा गर्नुपर्ने बताए ।

बुद्धिष्ट एशोसियसन अफ चाइनका उपाध्यक्ष यीन सुनले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धिज्मको सुरुवात पनि लुम्बिनीबाटै भएको बताए । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन विश्वास र आस्थाको सम्मेलन भएको बताउँदै उनले यसले बुद्धिष्ट मुलुकलाई आपसमा जोड्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

‘राम्रोका लागि नराम्रो हटाउँ भन्ने बुद्धको मुल उद्देश्य हो’ उपाध्यक्ष सुनले भने- ‘बुद्ध दर्शनलाई हामीले विश्वकै संस्कृति र दर्शन बनाउनुपर्छ ।’ गौतम बुद्ध र बुद्धिज्मकै कारण नेपाल र चीनबीच उच्चस्तरको सम्बन्ध विस्तार भएको उनको भनाई थियो ।

उपाध्य यीनले संसरका बुद्धिष्ट संगठन र बौद्ध धर्मालम्बीहरुलाई लुम्बिनीको विकास गर्न आग्रह गरे । ‘लुम्बिनी घुमौं, सद्भाव राखौं’ विश्वभरका बुद्धिष्टहरुलाई इंगित गर्दै उनले भने- ‘अनिमात्र गौतम बुद्धको सच्चा अनुयायी हुनुनेछ ।’

सम्मेलनमा २८ राष्ट्रका ३८५ जना डेलिगेटस् तथा भिक्षुहरुको सहभागिता रहेको छ । सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, चीन, जर्मनी भारत, जापान, लुथानिया, मलेसिया, मंगोलिया, कतार, रोमानिया, साउथ कोरिया, श्रीलंका, स्वीट्जरल्यान्ड, थाइल्याण्ड, टर्की, युके,  अमेरिका, संयुक्त राष्ट्रसंघ, भेइतनामबाट डेलिगेटस् आएका छन् ।

भारतबाट ९ जनाको टोली सम्मेलनमा आएको छ । चीनबाट ३०१ जना, कोरियाबाट ९ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट ७ जना सम्मेलनमा भाग लिन आएका छन् ।

सम्मेलनमा १८ वटा कार्यपत्र प्रस्तुत भई त्यसमा व्यापक छलफल हुने बताइएको छ । बुद्धजयन्तीको दिन जेठ ८ गते लुम्बिनीमा आयोजना हुने समारोहमा लुम्बिनी घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?