Comments Add Comment

लमजुङको तामाखानीमा बस दुर्घटना, ९ को मृत्यु

Bus-Accident
फाइल तस्वीर

६ जेठ, लमजुङ । लमजुङको तामाखानीमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मध्य नेपाल नगरपालिका ५ तामाखानीमा ना ६ ख ४१३६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए ।

बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटनामा परेको छ । तनहुँको दमौलीबाट दुईपिप्ले-सोतिपसल हुँदै जीताकोटका लागि हिँडेको बस दुर्घटनामा परेको हो । बसमा सवार ९ जना यात्रु घाइते भएका छन् ।  मृतकहरुको पनि पहिचान खुलेको छैन ।

घाइतेहरुको उद्धार गरेर दमौली अस्पतालमा ल्याइएको छ । घटनास्थलमा कुन्छास्थित प्रहरी चौकीबाट प्रहरीहरु गएका छन् भने जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलका लागि पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment