Comments Add Comment

प्रहरीमा इन्स्पेक्टरदेखि प्राविधिक जनशक्तिको भर्ना खुल्यो

nepal-police
७ जेठ, काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्राविधिकतर्फ विभिन्न पदहरुमा खुल्ला दरखास्त आह्वान गरेको छ ।

जनपद प्रहरी निरीक्षकको खुल्लातर्फ ४६ जना, अमर/अशक्त प्रहरी परिवारका सन्ततितर्फ २ जना, आदिवासी जनजाति १२ जना, मधेसीतर्फ १० जना, महिलातर्फ ८ जना, दलिततर्फ ६ जना र पिछडिएका क्षेत्रतर्फ २ जना गरी जम्मा ८६ जनाको लागि नयाँ भर्ना खुलाइएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पतालतर्फ प्रहरी नायब उपरीक्षक १९ जना, प्रहरी निरीक्षक ५५ जना र प्रहरी नायब निरीक्षक ७३ जना र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालातर्फ प्रहरी निरीक्षक ५ जना र प्रहरी नायब निरीक्षक ५ जनाको लागि नयाँ भर्ना खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment