Comments Add Comment

फेला पर्यो पृथ्वीको सबैभन्दा अग्लो चुचुरो, सगरमाथाको ताज खोसिने खतरा

Everest (28)
सगरमाथा

विश्वको सर्वोच्च शिखर सगरमाथा हो भन्ने कुरामा विवाद छैन । समुद्री सतहबाट ८ हजार ८४८ मिटर अग्लो सगरमाथा मात्र होइन विश्वका ८ हजार मिटर अग्ला १४ मध्ये ८ वटा चुचुरा हाम्रै देश नेपालमा पर्दछन् ।

तर विश्वको सबैभन्दा अग्लो शिखरको रुपमा सगरमाथाले पहिरिँदै आएको ताज भने खोसिने जोखिम बढेको छ ।

वैज्ञानिकहरुले विश्वको सर्वोच्च शिखरको ताज सगरमाथाबाट खोसेर मध्य अमेरिकी इक्वेडरको चिम्बोराजो पर्वतलाई दिइनुपर्ने बताएका छन् ।

Mount Chimborazo in Ecuador
चिम्बोराजो

पृथ्वीको केन्द्रबाट मापन गर्न चिम्बोराजोको उचाइ सगरमाथाको उचाइ भन्दा २ माइल बढि पाइएको छ । पृथ्वीको केन्द्रबाट चिम्बोराजोको उचाइ ३ हजार ९६७ माइल रहेको छ भने  सगरमाथाको उचाई ३ हजार ९६५ माइल रहेको छ ।

पृथ्वी पूर्ण गोलाकार नभएको र भूमध्यरेखिय क्षेत्रमा बढि फुकेको भएको कारणले गर्दा भूमध्य रेखिय क्षेत्रको नजिक पर्ने चिम्बोराजोको उचाई पृथ्वीकेा केन्द्रबाट निकै बढ्न पुगेको हो । पृथ्वीको भुमध्यरेखिय क्षेत्रको अर्धव्यास ध्रुविय क्षेत्रको भन्दा १३ माइल बढि छ । सगरमाथा पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ ।

Mount Chimborazo in Ecuador and mount everestजबकी समुद्री सतहबाट भने सगरमाथाको उचाई २९ हजार २८ फिट छ । सगरमाथा भन्दा ८ हजार ५२९ फिट होँचो चिम्बोराजोको उचाइँ भने जम्मा २० हजार ५ सय फिट रहेकेा छ ।

फ्रान्सको इन्स्टिच्युट डी रिचर्से पोर ले डेभलपमेन्ट नामक संस्थाले गरेको पछिल्लो मापन अनुसार चिम्बोराजोको चुचुरो पृथ्वीको केन्द्रभन्दा ३ हजार ९६७ माइल अग्लो रहेको छ ।

यदि पृथ्वीको केन्द्रबाट मापन गर्ने हो भने ३ हजार ९६५ माइल अग्लो सगरमाथा त विश्वका अग्ला २० शिखरहरु भित्र पनि पर्दैन ।

चिम्बोराजो हिमाल आरोहण सुरु भएको २८० औँ वर्षगाँठका अवसरमा यो तथ्यांक सार्वजनिक गरिएको छ । चिम्बोराजोको आरोहण सन् १७३६ मै सुरु भएको थियो ।

गत फेब्रुअरीमा फ्रान्सको उक्त संस्थाको अगुवाइमा शोधकर्ताहरुको एक टोलीले चिम्बोराजो हिमालको सफल आरोहण गरेको थिया । शोधकर्ताहरुको चिम्बोराजोको चुचुरोमा २ घण्टा बिताएर स्याटेलाइट डाटाहरु संकलन गरेका थिए ।

आरोहण सकेर हिमालको फेँदीमा आइसकेपछि शोधकर्ताहरुले चिम्बोराजो हिमाल पृथ्वीको केन्द्रबाट झण्डै ६३ लाख ८४ हजार ४ सय १५ अग्लो रहेको पत्ता लगाउन सफल भए ।

यो सँगै उनीहरुले चिम्बोराजो सगरमाथा भन्दा अग्लो रहेको निष्कर्ष निकालेका छन् ।

स्मरण रहोस् सगरमाथाको ताज खोस्ने प्रयत्नहरु यसअघि पनि नभएका होइनन् । कतिपयले पृथ्वीको सबैभन्दा अग्लो चुचुरोको रुपमा अमेरिकाको मौनाकीलाई लिने गर्दछन् ।

Mauna Kea in Hawaii
मौनाकी

वास्तवमा समुद्रको पिँधबाटै मापन गर्नेहो भने मौनाकी सगरमाथा भन्दा निकै अग्लो छ । तर समुद्रको सतहभन्दा माथि उठेको भाग भने सगरमाथा भन्दा निकै होँचो छ ।

अर्को रोचक कुरा, यदि तपाइँले विश्वको भूगोल तथा इतिहासका बारेमा पढ्नुभएको छ भने थाहा पाउनुभएकै होला एउटा कुरा । सगरमाथाको उचाइ पत्ता लाग्नुअघि विश्वको सबैभन्दा अग्लो शिखरको रुपमा उहीँ चिम्बोराजो हिमालकै नाम थियो । सगरमाथा पत्ता लागेपछि चिम्बोराजो निकै होँचो ठहरियो ।

अहिले फेरि पृथ्वीको केन्द्रबाट नापेरै भएपनि यसले आफ्नो ताज फिर्ता लिने कोसिस गर्दैछ ।

चिम्बोराजो र सगरमाथाबीच यसरी तुलना गरौँ

                                      सगरमाथा                                        चिम्बोराजो

स्थानः                             हिमालय, नेपाल                      कर्डिलेरा अक्सिडेन्टल, इक्वेडर

समुद्री सतहबाट उचाइः      २९ हजार २८ फिट                  २० हजार ५ सय फिट

पृथ्वीको केन्द्रबाट  उचाइः            ३,९६५ माइल                 ३,९६७ माइल

आरोहण गर्न लाग्ने  तयारीः         ४० दिन                         १४ दिन

पहिलो आरोहणः                       सन् १९५३                         सन् १८०२

डेलीमेलको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment