Comments Add Comment

फेसबुकले ध्वस्त बनाउँछ वैवाहिक जिवन, अध्ययन यसो भन्छ

facebook-break-up_jpg_630x600_q85सोसल साइट फेसबुकका धेरै फाइदा होलान् तर वैवाहिक जिवनका लागि भने फेसबुक निकै हानिकारक रहेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार फेसबुकको लतले वैवाहिक सम्बन्धमा दरार पैदा गर्न सक्दछ ।

४७ प्रतिशत फेसबुक प्रयोगकर्ताले कुनै न कुनै बेला भावनात्मक रुपमा धोकाको सिकार हुने गरेका र आफुले पनि कहिलेकाहीँ यस्तो धोकाधडी गरेको शोधका क्रममा देखिएको छ ।

फेसबुकका कारण भावनात्मक सम्बन्ध निकै प्रभावित हुने गरेको छ । स्टप प्रोक्रास्टिनेटिंग नामक संस्थाले झण्डै ५ हजार प्रयोगकर्तामा गरेको अध्ययन अनुसार फेसबुकले रोमान्टिक सम्बन्धमा नराम्रो असर पूराउने देखिएको छ ।

सर्भेक्षणमा सहभागी गराइएका मानिसहरुको उमेर ३३ वर्षको आसपासमा थियो । गत १२ देखि १५ अपि्रलको बीचमा गरिएको सर्भेक्षणका क्रममा प्राप्त केही नतिजा यस्ता छन्ः

  • २६ प्रतिशत फेसबुक प्रयोगकर्ताले आफ्नो पार्टनरबाट उपेक्षित महसुस गर्ने गरेका छन् । यो कुरालाई लिएर उनीहरुबीच झगडा पनि हुने गरेको छ । पार्टनरमा भन्दा फेसबुकप्रति उनीहरुको लगाव तथा अपनत्व बढि हुने गरेको छ ।
  • ४४ प्रतिशत फेसबुक प्रयोगकर्ताले फेसबुकले आफ्नो रोमान्टिक लाइफ बर्बाद गरेको बताएका छन् । पार्टनरहरु आफ्नो लाइफ पार्टनरसँग रोमान्टिक क्षणहरु बिताउने बेला फेसबुकमा स्टाटस अपडेट गरेर बस्ने गरेको पाइएको छ ।
  • ४७ प्रतिशत फेसबुक प्रयोगकर्ताले आफु फेसबुक चिटिंगबाट पीडित भएको बताएका छन् ।
  • विवाहेत्तर सम्बन्ध तथा सम्बन्ध विच्छेदका लागि फेसबुक जिम्मेवार रहेको तर्क ६७ प्रतिशतको छ ।
  • ४६ प्रतिशले इष्र्याका कारण घरीघरी आफ्नो पार्टनरको फेसबुक चेक गर्ने गरेका छन् ।
  • २२ प्रतिशत विवाहित मानिसहरु फेसबुकका कारण आफ्नो पार्टनरभन्दा अरु नै सँग अफेयर हुने परिस्थितिको सिर्जना हुने गरेको बताउँछन् ।
  • ३२ प्रतिशत फेसबुक प्रयोगकर्ताको भनाइ छ की उनीहरुको यौन जिवन अब पहिलेको जस्तो रहेन । पार्टनरको फेसबुक चेक गर्दागर्दै आफ्नो पार्टनरप्रतिको प्रेममै गिरावट आउन थालेको छ ।
  • १७ प्रतिशत फेसबुक प्रयोगकर्ता महिलाहरु फेसबुककै माध्यमबाट आफ्नो भुतपूर्व ब्वायप|mेण्डसँग हाल निकट सम्बन्धमा रहेका हुनछन् ।

शोधकर्ता टिम रोलिन्सका अनुसार फेसबुकले साथीहरु खोज्ने तथा साथीहरुसँग नजिकमा रहने मन्च प्रदान गर्ने भएपनि यसले विवाहेत्तर सम्बन्धको खतरा पनि बढाउँदछ । फेसबुकले प्रेमपूर्ण दाम्पत्य सम्बन्धमा खटपट ल्याइदिने जोखिम उच्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment