८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभा भवन बनाउने घोषणा गरेका छन् ।
बुद्ध जयन्तीको अवसरमा शनिबार लुम्बिनीमा विशेष कार्यक्रम भइरहेको छ । तर, विहानै पानी र हावाहुरी चलेपछि केही समस्या देखिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब ५ हजार मानिस अट्ने सभा हल बनाइने बताए । उनले भने, ‘सकेसम्म एक वर्षभित्र निर्माण सक्नेछौं । काम गर्दै जाँदा ढिला भयो भने सकेसम्म छिटो गर्नेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4