Comments Add Comment

कतारमा मजदुरको बिचल्ली, दूतावासकाे बेवास्ता

kamdar
८ जेठ, कतार। तीन वर्ष अगाडि सुनौलो सपना बोकेर कतार अाएका मालु–१ दोलखाका लालबहादुर दर्जी १३ महिनादेखि घर फर्किन नपाएर बिचल्लीमा भौँतारिरहेका छन् ।

अलमुसारी कम्पनीमा छ सय कतारी रियलका साथमा २०० को खाना सहित सुरुका दिनमा दिइए पनि परिस्थितिलाई सामना गरी साहुको ऋण र ब्याज सम्झँदै उनी आफ्नो काम गर्दै थिए ।

त्यही आएको तलबमा समेत दुई हजार दुई सय पचास कतारी रियल औषधोपचारमा खर्च भएको भन्दै उल्टै कम्पनीले नै काटिदिएपछि दर्जी न्यायका लागि नेपाली राजदूतावासको शरणमा पुगे । दूतावासले समस्या समाधानमा चासो नदेखाउँदा उनी झनै बढी पीडामा गुज्रिन पुगेका छन् ।

उनलाई हाल खाना बस्न समेत कठिनाइ भएको छ र कम्पनीले त्रास देखाउदै आएको छ । आफू कतारमा बस्न असुरक्षित भएको जनाई तत्काल नेपाल पठाउन सरोकार भएकाहरु समक्ष पहल गरिदिन समेत उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment