Comments Add Comment

बैद्य माओवादीले बोलायो राष्ट्रिय भेला, मधेसी-जनजातिको आन्दोलनमा भाग लिने निर्णय

८ जेठ, काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले असार पहिलो साता राष्ट्रिय भेला बोलाएको छ ।

kiranरामबहादुर थापा बादल समूह पार्टीबाट अलग भएपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकमा बैद्यले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

जसमा पार्टी एकतालाई लिएर चलेको दुई लाइन संघर्षलाई एकता, संघर्ष र रुपान्तरणको विधिबाट समाधान गर्ने केन्द्रको प्रयास असफल भएको उल्लेख छ । प्रचण्ड नेतृत्वको एमाओवादीसँग गरेको १२ बुँदे सहमतिले पार्टी विभाजन भएको भन्दै बैद्यले एकतामा नाममा बादल समूहले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

बैठकले प्रचण्डको नेतृत्वमा बसेको नेकपा माओवादी केन्द्र दक्षिणपन्थी नवसंशोधनवादी भएको ठहर गरेको छ । र, उससँग एकता नगर्ने निर्णय लिएको अध्यक्ष मोहन बैद्यले जानकारी दिए ।

बैठकले असार ५ गते राष्ट्रिय भेला बोलाएको छ । साथै मधेसी, थारु, जनजाति आन्दोलनका जायज मागको सम्बोधन गर्ने र सहभागी हुने बैद्य माओवादीको निर्णय छ । साथै छुट्टै कार्यक्रम पनि गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment