+
+
Shares

पर्यटक आकर्षित गर्दै बेतौना सिमसार

रासस रासस
२०७३ जेठ ९ गते १०:४८

betana-simsar
९ जेठ, पथरी (मोरङ)। मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट आउने आन्तरिक पर्यटकले एकपटक डुङ्गा चढ्ने गरेका छन् । आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले बताए ।

बेतौनामा पोखरीको ढुङ्गामा सयर गर्दै रम्नुको आनन्दै बैग्लै भएको राईले बताए ।  “सीमसार क्षेत्रमा पाइने मयुरपङ्खी जातको कछुवा, लोपोन्मुख पानीहाँस, जलकौवा, सरस, चिललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिचेको छ ।” उनले भने । बेतनामा विभिन्न छ प्रजातिको कछुवा बसोबास छ ।

विशेष चाडपर्व, नयाँ वर्ष र पिकनिकको समयमा बेतनामा दैनिक एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेको समितिले जनाएको छ ।

बेतौना सिमसारमा ध्वाँसे चितुवा

मोरङको बेलबारीमा रहेको बेतौना सिमसार क्षेत्रमा पर्यटकले लोपोन्मुख ध्वाँसे चितुवा पनि हेर्न पाउने भएका छन् । बेतौना सिमसार संरक्षण समितिका अध्यक्ष राईका अनुसार जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतौना सिमसार क्षेत्रमा ल्याइएपछि बेतना सिमसार क्षेत्रमा पर्यटकले हेर्न पाउने भएका हुन् ।

तेह्रथुमको म्याग्लुङ नगरपालिकामा जङ्गलबाट सहर पसेको चितुवालाई जिल्ला वन कार्यालय तेह्रथुमले जङ्गलमा छोड्ने तयारी गरिएको सो चितुवालाई जिल्ला वन कार्यालय मोरङमार्फत संरक्षणका लागि बेतना सामुदायिक वन उपभोक्ता समूहमा ल्याइएको हो ।
सो क्षेत्रमा अजिङ्गर, कछुवा, विभिन्न जातका माछा, चरा, जङ्गली जनावर, संरक्षण गर्न राखिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?