क्वालालम्पुर । आदिवासी जनजाति महासंघ मलेसियाको आयोजनामा मलेसियामा शनिवार शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६०औं जन्मजयन्ती भब्य रुपमा मनाइएको छ ।
महासंघ मलेसियाका अध्यक्ष दीपक तामाङको सभापतित्वमा भएको कार्यक्रममा सयौ नेपालीहरु क्वालालम्पुरमा रहेको द फाईभ इलाभेण्ट होटलमा जम्मा भएका थिए ।
कार्यक्रम मलेसियास्थित नेपाली संस्थाहरु तमु समाज, नेपाल मगर संघ, शेपा किदुक, गैरआवासीय नेपाली महासंघ, तामाङ वौद्ध महासंघ, प्रवासी तामाङ एकता समाज, सुनुवार सेवा समाज र नेपाल प्रवासी सितोरियो कराते संघको संयोजनमा संभव भएको थियो ।
वुद्धजयन्ती कार्यक्रममा फिलिपिन्समा सम्पन्न भएको अन्तराष्ट्रिय मिसिमुरा कप कराते प्रतियोगितामा स्वर्ण पदक विजेता कर्ण वहादुर राई तथा कास्यपदक विजेता अजित तामाङ र एशिएन रेफ्री योगेन्द्र कोइरालालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा मलेसियामा रहेका धर्मगुरुहरुले स्तुति पाठ गरेका थिए । यसैगरी महावौद्ध विहारमा समेत वुद्धपुजा भएको थियो । गैरआवासीय नेपाली संघ सजाइएका वुद्धको मुर्तिलाई महावौद्ध विहार व्रेकपिलवाट क्वालालम्पुर परिक्रमा गराएको थियो ।
नगर परिक्रमा गराइएको मुर्तिसँगै अशोक स्तभ समेत रहेका कारण विदेशीहरुसमेत निकै प्रभावित भएका थिए । र्यालीमा सयौ नेपालीहरु सहभागी थिए ।
यसैगरी मलेसिया, म्यानमार, थाइल्याण्ड आदि देशहरुले पनि वुद्धका मुर्तिहरुलाई क्वालालम्पुर परिक्रमा गराएका थिए । बेलुकीको सातवजेवाट सुरु भएको र्याली ११ वजे वेकपिलमा गएर सम्पन्न भएको थियो ।
प्रतिक्रिया 4