Comments Add Comment

लामो समयसम्म एन्टिबायोटिक्सको सेवनले मस्तिष्क कमजोर

medecineलामो समयसम्म एन्टीबायोटिक औषधिको सेवनले मस्तिष्कमा गम्भीर असर पूराउने एक अध्ययनले देखाएको छ ।

अनुसन्धान अनुसार मस्तिष्कलाई तिक्ष्ण बनाइराख्नका लागि पेटमा स्वस्थ अर्थात् लाभदायी जिवाणुहरु आवश्यक हुन्छ ।

एक विशेष प्रकारको प्रतिरक्षा कोशिकाले जिवाणु र मस्तिष्कबीच मध्यस्तताको काम गर्ने र यस्तो खालको सम्बन्धले मानिसमा मानसिक रोगको जोखिम कम गर्न समेत सहयोग गर्ने शोधकर्ताहरुको निष्कर्ष रहेको छ ।

तर एन्टिबायोटिकको लामो समयसम्मको सेवनले पेटमा हुने अत्यावश्यक तथा लाभदायी जिवाणुहरु पनि मर्दछन् ।

पेट तथा मस्तिष्कबीच हर्मोन, उपापचयन रसको उत्सर्जन तथा प्रत्यक्ष स्नायु सम्पर्कको माध्यमबाट एक अर्कामा सम्पर्क कायम गर्दछन् ।

अध्ययनका क्रममा शोधकर्ताहरुले एन्टिबायोटिकको प्रयोग गरी मुसाको पेटमा हुने सुक्ष्म जिवाणुलाई नष्ट गर्न सफल भए । एन्टिबायोटिक औषधिबाट उपचार नगरिएका मुसाहरुमा औषधि प्रयोग गरिएका मुसाहरुमा भन्दा मस्तिष्कको हिप्पोक्याम्पस भन्ने भागमा निकै कम संख्यामा नयाँ मस्तिष्क कोशिकाहरुको निर्माण भएको पाइयो । यी कोशिकाहरु स्मरणशक्ति कायम राख्नका लागि महत्वपूर्ण हुन्छन् ।

कम मस्तिष्क कोशिकाहरुको निर्माणले एन्टिबायोटिक प्रयोग गरिएका मुसाहरुको स्मरण क्षमतामा पनि कमजोरी पाइयो । एन्टिबायोटिक प्रयोग गरिएका मुसाहरुमा विशेष प्रतिरक्षा कोशिकाहरु, एलवाइ सिक्स सी -एचआइ) मोनोसाइटको संख्या पनि कम रहेको पाइयो ।

यो निष्कर्ष मानिसमा लागू गर्दा सबै खाले एन्टिबायोटिक्सले मस्तिष्कमा असर पूराउने भन्ने निष्कर्ष अहिले नै निकाल्नु चाहीँ हतार हुने शोधकर्ताहरु बताउँछन् ।

जर्मनकीको बर्लिनस्थित म्याक्स डेलब्रक सेन्टर फर मोलिक्यूलर मेडिसिनका शोधकर्ता सुसेन वुल्फ तर यस्तो सम्भावनालाई नकार्न नसकिने बताउँछन् ।

एन्टिबायोटिक औषधिको लामो समयसम्म प्रयोगले गर्दा मानिसको मस्तिष्कमा पनि यस्तै खाले प्रभाव पार्नसक्ने उनको भनाई  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment