Comments Add Comment

विदेशमा ज्यान गुमाएका कामदारको शव नेपाल एयरलाइन्सबाट ल्याउने तयारी

Nepal-Airlines
९ जेठ, काठमाडौं । सरकारले विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउन नेपाली ध्वजावाहक विमान प्रयोग गर्ने भएको छ । कामदारहरु अलपत्र शव ल्याउन पनि महिनौं लाग्ने समस्या हल गर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपाल वायुसेवा निगमसँग छुट्टै सम्झौताको तयारी गरेको छ ।

‘विजनेश एयरलाइन्सहरुले हतपत शव बोक्न नमान्ने गरेका कारण विदेशमा ज्यान गुमाएका नेपाली कामदारको शब ल्याउन अहिले निकै अहसज अवस्था छ’ श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले भने-‘त्यसैले हाम्रै ध्वजाबाहकसँग आवधिक सम्झौता गरेर शव ल्याउने योजना तयार भएको हो ।’

यसबाट अलपत्र कामदारको उद्धारमा पनि ठूलो राहत मिल्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको विश्वास छ । ‘महंगो खर्च गरेर शव ल्याउनुपर्ने अहिलेको अवस्था अन्त्य गर्न यो आवश्यक छ’ भुर्तेलले भने-‘अधिकांश एयरलाइन्स शव बोक्न चाहाँदैनन् । त्यसैले वायु सेवा निगमको विमानलाई प्रयोग गर्ने तयारी भएको छ ।’

विभिन्न एयरलाइन्सबाट शव ल्याउँदा लामो समय र ठूलो खर्च लाग्ने गरेको छ । अहिले विदेशबाट दैनिक औसत ३ वटासम्म शव नेपाल आउने गरेको छ । तर, धेरै अझै विदेशमा अलपत्र छन् ।

वोर्डका सहायक निर्देशक दीपेन्द्र पौडेेलकाअनुसार नेपाल वायुसेवा निगमसँग मलेसिया र कतारबाट शव ल्याउन सम्झौता गर्न सकिने बताए । ‘नेपाल एयरलाइन्सले नेपालीको प्रमुख गन्तब्य मुलुकमध्ये मलेसिया र कतारमा मात्रै उडान गरिरहेको छ’ उनले भने-‘त्यसैले अहिले २ देशबाट मात्रै शव ल्याउन राष्ट्रिय ध्वजाबाहक प्रयोग हुनसक्छ ।’

युएई  र साउदीका लागि अन्य बजेट एयरलाइन्ससँग यस्तो सम्झौता गर्ने बोर्डको तयारी छ । ‘अहिले शव ल्याउन पहल गर्दा अधिकांश तत्काल तयार हुँदैनन्, तयार भएपनि लामो समय कुर्नुपर्छ’ पौडेेलले भने-‘यस्ता सम्झौता भएपछि खर्च मात्रै बच्दैन, कामदारको शव छिटो आइपुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment