Comments Add Comment

तालिमका क्रममा सशस्त्र प्रहरीको गणमा बम पड्कियो, आठ घाइते

९ जेठ, तनहुँ । भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् ।

APF-logo-Finalघाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा एक सशस्त्र प्रहरी हबल्दारसहित सातजना घाइते भएका हुन् ।

सशस्त्र प्रहरी हबल्दार दीपेशकुमार चौधरी र सशस्त्र सहायक हबल्दार प्रेमबहादुर थापाको अवस्था गम्भीर रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

विस्फोटमा परी सशस्त्र प्रहरी हबल्दार चौधरीको दुवै हातको पञ्जा गुमेको छ । सशस्त्र सहायक हबल्दारहरु शोभाखर रिजाल, प्रेमसिं बोहरा, दीपक खड्का, होम राना, वीरेन्द्र चन्द र प्रेम घर्तिमगर घाइते भएका हुन् ।

घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गुरुङले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment