Comments Add Comment

प्रत्येक निर्वाचन क्षेत्रमा सुपथ मूल्य पसल

Supath-Mulya-Pasal-2१० जेठ, काठमाडौं । सरकारले सबै निर्वाचन क्षेत्रमा स्थायी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

आम उपभोक्तालाई राहत दिने उद्देश्यले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना आगामी वर्षको बजेट तथा कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी भइरहेको आजको अन्नपूर्णमा समाचार छ ।

यो योजना कार्यान्वयनमा ल्याउन आपूर्ति मन्त्रालयले आवश्यक खाका तयार पारेर अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीका अनुसार आम उपभोक्तालाई बजार मृत्युभन्दा सस्तोमा खाद्यान्यसहित अन्य दैनिक उपभोग्यका वस्तु उपलव्ध गराउन बजेटमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन प्रस्ताव गरिएको हो ।

उनका अनुसार आगमी आर्थिक वर्ष कम्तीमा भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment