Comments Add Comment

पार्टी संरचना र कार्यविभाजन मिलाउन माओवादी केन्द्रलाई सकस

Maoist Center१० जेठ, काठमाडौं । पार्टी बहुपदीय कि एकपदीय बनाउने भन्नेमा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नवगठिन माओवादी केन्द्रको हिजो बसेको पहिलो बैठकमा पार्टी संरचना बारे समहमति जुट्न नसकेपछि आज १ वजेसम्मका लागि स्थगित गरिएको थियो ।

वैठकमा पदाधिकारी व्यवस्थापनबारे छलफल भएपनि निष्कर्षमा नपुगेको केन्द्रका नेता दीनानाथ शर्माले जानकारी दिए । उनले कार्यविभाजन सहित आजको बैठकमा सांगठनिक संरचना प्रस्तुत हुने जानकारी दिए ।

पार्टी एकता अधिवेशनका लागि प्रस्तावित अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष राख्ने भन्दै बहुपदिय संरचनाको अवधारणा पारित गरेको थियो ।

केन्द्रीय समितिजस्तै पदाधिकारी पनि जम्बोहुने भन्दै केही नेताले अध्यक्षमा दाहाललाई राखेर बाँकीलाई केन्द्रीय सदस्य बनाउन सुझाव दिएका छन् ।  केन्द्रमा अध्यक्ष प्रचण्डपछिको मर्यादाक्रममा कसलाई ल्याउने भन्नेमा समेत कुरा मिल्न सकेको छैन ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ वा रामबहादुर थापा’वादल’ मध्ये कसलाई बनाउने भन्ने विवादले पदाधिकारी चयनमा सकस परिरहेको छ ।

श्रेष्ठ पक्षले आफू यसअगाडि नै बादल रहिसकेको कमिटीकै उपाध्यक्ष भइसकेका कारण श्रेष्ठ बरिष्ठ रहेको तर्क गरिरहेको छ ।
तर, एकता प्रक्रियाको भाव सम्बोधन गर्नुपर्ने र आन्दोलनका हिसावले पनि श्रेष्ठभन्दा बादल बरिष्ठ भएकाले उनलाई वरिष्ठ बनाउनुपर्नेमा एकता प्रक्रियामा आएका बादल पक्षका नेता मात्र होइन मणि थापा र मातृका यादवसमेत उभिएका छन् ।

त्यस्तै एमाओवादीका केही नेता समते बादलको पक्षमा उभिएपछि अध्यक्ष प्रचण्ड समस्यामा परेका छन् । उनले दुबैलाई बरिष्ठ उपाध्यक्ष बनाउने विकल्पमा छलफल गरिरहेका छन् ।

५ सय ९९ जना केन्द्रीय सदस्य रहेको माओवादी केन्द्रको बैठक बस्न पार्टी कार्यालयमा स्थान अभाव हुनेभएपछि पार्टी प्यालेसमा बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment